Skip to content
Prabhu

जलवायुको असरः हिउँ पग्लेपछि स्वीटजरल्याण्ड र इटालीले सीमा पुनः निर्धारण गर्दै

nabil
एजेन्सी । स्वीट्जरल्याण्ड र इटालीबीचको सीमा रेखा पुनः निर्धारण गर्नु परेको छ । यसको कारण हो, यी दुई देशबीचको सीमामा भएको हिउँ पग्लनु । यूरोपको अग्लोमध्येको एक म्याटरहोर्न हिमाल र केही स्की रिसोर्ट नजिककै रहेको ठूलो मात्राको हिउँ पल्गेपछि यी देशले पुनः सीमा निर्धारण गरेका हुन् ।
यी दुई देशबीचको ठूलो सीमान हिउँ पर्ने क्षेत्रमा छ । तर हिउँ पग्लेपछि भने सीमा कहाँ निर हो भन्ने ठ्याम्याउन गाह्रो भइरहेको छ । स्वीट्जरल्याण्डले सीमाको पुनः निर्धारणका लागि गत शुक्रबार आधिकारिक रुपमा निर्णय गरिसकेको छ । यद्यपि इटालीले भने अझै निर्णय गरिसकेको छैन । सन् २०२३ को मे महिनामा स्वीस–इटाली कमिसनले यसको सम्झौताका मस्यौदा बनाइसकेका थिए ।
तथ्यांकअनुसार स्वीट्जरल्याण्डको हिम क्षेत्रबाट सन् २०२३ को तुलनामा चार प्रतिशत हिउँ पग्लेको छ । यो दोस्रो ठूलो क्षति थियो । सन् २०२२ मा उक्त स्थानबाट ६ प्रशित हिउँ पग्लेको थियो ।
स्वीट्जरल्याण्डको हिउ अनुगमन सञ्जालले प्रकाशित गरेको प्रतिवेदनमा  गर्मी महिनामा ठूलो मात्रामा हिउँ निरन्तर पग्लिरहेको छ । सन् २०२२ मा उक्त क्षेत्रमा कम हिउँ परेकाले पनि समस्या भएको जनाइएको छ । अनुसन्धानकर्ताहरुले मौसमको अवस्था यही नै रहे हिउँ पग्लने गति अझ धेरै हुनसक्ने भन्दै चेतावनी दिएका छन्् ।
स्वीट्जरल्याण्डले दुवै देशको सीमा पुनः निर्धारण दुवै पक्षको आर्थिक हितका आधारमा हुनेछ । सीमा निर्धारणपछि उक्त क्षेत्रको प्राकृतिक स्रोधमाथिको कुन अधिकार कुन देशसँग हुनेछ भन्ने निर्णय पनि हुनेछ ।
दुवै देशको सीमा प्लेटुस रोशा, द कारेल रेफुजे र गोबा दि रोलिन क्षेत्रमा पुनः निर्धारण हुनेछ । यी ती वटै क्षेत्र म्याटरहोर्न, पपुलर स्की रिसोर्ट र जेरमाटको नजिक छन् ।
दुवै देशले सम्झौता सार्वजनिक गरेपछि मात्रै सीमा निर्धारणको काम सुरु हुनेछ । स्वीट्जरल्याण्डे सम्झौता स्वीकृत हुने प्रक्रिया हाल इटालीमा चलिरहेको जनाएको छ ।
गत वर्ष नै ग्लामोसले स्वीट्जरल्याण्डको ग्लासियर छिटो गतिमा पग्लिरहेको उल्लेख गर्दै पेरिस जलवायु सम्भौताअुनसान तापक्रम १.५ सेल्सियसमै कायम भए पनि यो जोगाउन नसकिने चेतावनी दिइसकेको थियो ।
हाल उक्त  क्षेत्रमा भएको ग्लासियर पग्लिएपछि मानिसहरुका केही सामानहरु भेटिएका छन् । सन् १९८६ यता त्यहाँ हराइरहेका केही वस्तु पनि फेला पर्ने क्रम जारी छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal