काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको छ । केद्रिय बैंकको उक्त निर्णयले लघुवित्तका ऋणीहरुलाई आफ्नो कर्जा चुक्ता गर्न थप सहज बनेको हो ।
सामान्यतः कर्जा पुनःरतालिकीकरण वा पुनरसंरचना भन्नाले कर्जाको मौजुदा सर्तहरूमा परिवर्तन गर्नु हो । जसमा मुख्यतः ब्याजदर, भुक्तानी अवधि वा भुक्तानी तालिकाको संशोधन पर्दछन् । यसको मुख्य उद्देश्य ऋणीको व्यवसाय र नगद प्रवाहको प्रकृतिबीच तालमेल मिलाई परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई पुनरूत्थान हुने मौका प्रदान गर्नु हो ।
प्रतिक्रिया दिनुहोस्