काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा विन नेपाल लघुवित्त वित्तीय संस्था र कुमारी सबल योजनाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्य ३२४ रुपैयाँले घटेर २ हजार ९१६ रुपैयाँ पुगेको छ । त्यस्तै कुमारी सबल योजनाको सेयर मूल्य १ रुपैयाँले घटेर ८ रुपैयाँ ९२ पैसा पुगेको छ । यी दुई कम्पनीको सेयर मूल्यमा अघिल्लो दिनको भन्दा १० प्रतिशतले गिरावट आएको हो ।
समग्र बजार परिसूचक भने बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ७४ दशमलव २८ अंकले बढेर २५८३ दशमलव १४ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ८४ करोड बढीको कारोबार भएको छ । अहिलेसम्म सेयर बजारमा ६३ लाख ४३ हजार ६७३ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
प्रतिक्रिया दिनुहोस्