Skip to content
Prabhu

बोटलर्स नेपाल तराइको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा अर्को कम्पनीमा पनि सकारात्मक सर्किट लागेको छ । दिउसो पौने १ बजेको समयमा बोटलर्स नेपाल (तराई) को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ४२० रुपैयाँले बढेर १५ हजार ६२० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो । यस्तो मंगलबारको कारोबार जारी हरँदा नेपाल वेयरहाउजिङ्गको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ८९ रुपैयाँले बढेर ९७९ रुपैयाँ पुगेको छ ।

यो समाचार तयारपार्दासम्म समग्र नेप्से पनि ८२ दशमलव ७४ अंकले बढेको छ । यो सँगै परिसूचक पनि २६०० विन्दु नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म परिसूचक २५९१ दशमलव ६० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal