Skip to content
Prabhu

सेयर बजारले पार गर्यो २६ सय विन्दु

nabil

काठमाडौं । मंगलबरको कारोबार जारी रहँदा सेयर बजार परिसूचक २६०० विन्दुमाथि पुगेको छ । मंगलबारको दिउँसो साढे १ बजे २७ मिनेटको कारोबार समयमा नेप्से परिसूचक २६०० दशमलव ४५ विन्दुमा पुगेको हो ।

आजको कारोबार जारी रहँदा परिसूचक ९१ दशमलव ५९ अंकले बढेको छ । यो अघिल्लो दिनको भन्दा ३.६५ प्रतिशतले बढी हो ।

यो समाचार तयार पार्दासम्म सेयर बजारमा ४ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा २४० कम्पनीको सेयर मूल्य बढेको छ भने ३ वटाको मात्रै घटेको छ ।

यो अवस्थामा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal