काठमाडौं । भदौमा जीवन बीमा कम्पनीहरुको १ अर्बभन्दा बढी रकमको बीमा पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार भदौ महिनामा १ अर्ब २१ करोड २२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो।
भदौ महिनामा जीवन बीमा कम्पनीका ९ हजार ४४९ जनालो पोलिसी सरेन्डर गरेका छन् । भदौ महिनामा एलआईसी नेपालका बीमितले सबैभन्दा धेरै बीमा पोलिसी सरेन्डर गरेका छन् । कम्पनीबाट २ हजार ५ सय ८ वटा पोलिसी सरेन्डर भएका छन् । उक्त पोलिसी सरेन्डर बाट बीमितले ३५ करोड ८१ लाख रुपैयाँ बढी बीमापोलिसी सरेन्डर गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
भदौ महिनामा धेरै पोलिसी सरेण्डर हुनेको दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीबाट २ हजार ६८ वटा बीमापोलिसी त्यागेका छन् । कम्पनीबाट ३३ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । त्यस्तै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीबाट १ हजार १० वटा पोलिसी सरेन्डर हुँदा १० करोड ५८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनामा नेसनल लाइफमा ८ करोड ३४ लाख रुपैयाँ बराबरको ५९३ पोलिसी सरेन्डर भएका छन् । त्यस्तै एसियन लाइफको ७ करोड ९६ लाख रुपैयाँ बराबरको ८८१ वटा, सूर्य ज्योति लाइफको ७ करोड ३८ लाख रुपैयाँ बराबरको, ६१६ वटा र हिमालयन लाइफले ५ करोड ७२ लाख रुपैयाँको ५८९ वटा, सानिमा रिलायन्स लाइफको ३ करोड २० लाख रुपैयाँको २०० वाट र मेट लाइफको २ करोड ६६ लाख रुपैयाँ २९१ वटा पोलिसी सरेन्डर भएका छन् ।
त्यस्तै भदौ महिनामा आइएमई लाइफको १ करोड ९८ लाख रुपैयाँ बराबरको १६२ वटा, प्रभु महालक्ष्मी लाइफको १ करोड ६० लाख रुपैयाँ बराबरको १२९ वटा, सिटिजन लाइफको १ करोड २९ लाख रुपैयाँको १९७ वटा, रिलायबल नेपाल लाइफको ९४ लाख रुपैयाँ बराबरको १४६ वटा र सन नेपाल लाइफको ५७ करोड रुपैयाँ बराबरको ५९ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।
प्रतिक्रिया दिनुहोस्