काठमाडौं । कुमारी बैंक आम सर्वसाधारणका लागि पनि लिलाम बिक्री गरेको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको हो ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । जसको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्