Skip to content
Prabhu

नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियममा आईपीओ जारी गर्ने

nabil

काठममाडौं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टार्ड कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारणसभाको मिति घोषणा गरेको छ । सभामा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सक्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal