Skip to content
Prabhu

विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको कम्पनीको सेयर मूल्यमा आजको कारोबार जारी रहँदा पनि नकारात्मक सर्किट लागेको हो ।

१२ बजेर ४५ मिनेटसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्य ३५० रुपैयाँले घटेर ३ हजार १५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थासम्म समग्र बजार भने बढेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूच कभने १० दशमलव ५८ अंकले बढेर २६३४ दशमलव १५ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ७८ करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्