Skip to content
Prabhu

थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो ।

बुधबारको साढे १२ बेजसम्मको कारोबार समयमा यो कम्पनीको सेयर मूल्य ८० रुपैयाँ ३० पैसाले बढेर ८८३ रुपैयाँ ३० पैसा पुगेको हो । यो समाचार तयारपार्दासम्म समग्र बजार परिसूचक पनि बढेको छ । आजको कारोबार जारी रहँदा नेप्से परिसूचक ७ दशमलव ७७ अंकले बढेर २६३१ दशमलव ३० विन्दुमा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवस्थामा सेयर बजारमा २ अर्ब ७३ करोड बढीको कारोबार भएको छ । यो समाचार तयारपार्दासम्म सेयर बजारमा ६० लाख ३२ हजार ५१२ कित्ता सेयर किनबेच भएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्