Skip to content
Prabhu

रियलमीको ‘बडा दसैं, तिहारको बडा अफर’ सुरु

nabil

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दसैं, तिहारको बडा अफर’ योजना सुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुका लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सी ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले भने, ‘सर्वप्रथम त नेपालीहरुको महान चाड विजयादशमी एवं दीपावली २०८१ को शुभ अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

हामी प्रविधिको माध्यमबाट मानिसहरुलाई नजिक ल्याउन र सम्बन्धमा न्यानोपन छर्न प्रतिबद्घ छौँ । चाडपर्व भनेको आफ्ना नजिकका आफन्त, साथीभाइहरुसँग रमाइलो गर्ने अवसर हो । यसै अवसर पारेर हामीले यस ‘बडा दसैं, तिहारको बडा अफर’ योजना ल्याएका छौँ ।

हामीलाई आशा छ यो अफरले हाम्रा नेपाली ग्राहकहरुको चाडपर्वको रौनकलाई अझै बढाउनेछ । रियलमीको कुनै पनि स्मार्टफोन खरिद गर्नुभएका ग्राहकहरु यस अफरमा यस योजनामा सहभागी हुन सक्नेछन् ।

यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले केवल ww.realmedashaintiharoffer.com वेबसाइटमा गएर आफूले खरिद गरेको स्मार्टफोनको आइएमइआई क्ष्ःभ्क्ष् नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नुपर्ने हुन्छ । ‘बडा दसैं, तिहारको बडा अफर’ असोज १५ देखि कात्तिक २२ सम्म लागू हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal