Skip to content
Prabhu

शाओमी नेपालको दसैं अफरः ‘दसैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’

nabil

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दसैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ घोषणा गरेको छ । यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउने छन् ।

यस क्याम्पेनअन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् । यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको छ ।

यस रोमाञ्चक अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एसएमएस पठाउनुपर्ने छ । एसएमएस पठाउँदा MI<Space>IMEI 1 Number टाइप गरी ३६००० मा पठाउनुपर्ने छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, ‘हामी यस दसैंको उत्सवलाई अझ विशेष बनाउन ‘दसैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन ल्याउँदा अत्यन्त उत्साहित छौं । यसले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक पुरस्कारहरुका साथै थाइल्यान्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्ने छ ।’

साथै ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा ४ हजार रुपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ । उक्त विशेष अफर भदौ ३० गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal