काठमाडौं । बुधकार सेयर बजार राताम्य हुँदा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार २६ अंकले घट्दा पनि थ्रीस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा थ्रीस्टार हाइड्रोको सेयर मूल्य ८० रुपैयाँ ३० पैसाले बढेर ८८३ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो तुलनामा १० प्रतिशतले कम हो । त्यस्तै आज स्वारोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि प्रतिकित्ता ९९ रुपैयाँले बढेर १ हजार ९३ रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले धेरै हो ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा इस्र्टन हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर र नबिल ब्यालेन्स फण्ड–२ रहेका छन् । आज इस्र्टन हाइड्रोको सेयर मूल्य ९.४५ प्रतिशत अर्थात ७८ रुपैयाँ ५० पैसाले बढेर ९०९ रुपैयाँ पुगेको छ ।
आज अपर हेवाखोलाको सेयर मूल्य पनि प्रतिकित्ता ३७ रुपैयाँ १० पैसाले बढेर ४९९ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.०२ प्रतिशतले बढी हो । नविल ब्यालेन्स फण्डको सेयर मूल्य पनि ७.९१ प्रतिशत अर्थात् ०.७० रुपैयाँले बढेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्