काठमाडौं । बुधारबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भयो । कारोबार रकम पनि घटेको दिन १८७ कम्पनीको सेयर मूल्य घटेको हो ।
आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट नै लागेको छ । आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आज यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५० रुपैयाँले घटेर ३ हजार १५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।
त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा न्यादी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्टीसिटी कम्पनी, आत्मनिभर लघुवित्त र सनराइल ब्लुचिप फण्ड रहेका छन् । आज न्यादी हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ ९० पैसाले घटेर ३०५ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.२० प्रतिशतले कम हो। त्यस्तै आज अपर सोलु हाइड्रो इलेक्टीसिटीको सेयर मूल्य पनि ७.२३ प्रतिशत अर्थात ३४ रुपैयाँ ९० पैसाले घटेर ४४८ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ३७० रुपैयाँ ४० पैसाले घटेर ४ हजार ९०० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको भन्दा ७.०३ प्रतिशतले कम हो । आज सनराइज ब्लु चिप फण्डको सेयर मूल्य पनि ५.५१ प्रतिशत अर्थात् ०.५० रुपैयाँले घटेर ८ रुपैयाँ ५७ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्