Skip to content

वर्षाले झापामा पाँच करोड बढीको क्षति

nabil bank

झापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा पाँच करोड २१ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा रु एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर रु एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी रु एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको केन्द्रका प्रमुख सागर विष्टले बताए । ‘हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ’, उनले भने, ‘विवरण संकलन जारी छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime