एजेन्सी । अमेरिकामा यतिबेला ट्वाइलेट पेपरको हाहाकार भएको छ । त्यहाँका मुख्य समुन्द्री पोर्टमा आन्दोलन सुरु भएसँगै अमेरिकामा ट्वाइलेट पेपर अभाव हुन थालेको छ । यद्यपि यो समस्या ट्वाइलेट पेपरको आपूर्तीका कारण नभइ मानिसहरु डराएका कारण भएको बताइएको छ ।
कोरोना महामारीको समयमा आपूर्ती ठप्प हुँदा विभिन्न मुलुकमा ट्वाइलेट पेपर अभाव भएको थियो । अहिले सोही समय दोहोरिने चिन्ताले त्यहाँका उपभोक्ताले एकैपटक धेरैभन्दा धेरै ट्वाइलेट पेपर खरिद गरेपछि समस्या भएको हो ।
“भर्जिनियामा रहेको मेरो स्थानीय वालमार्टमा ट्वाइलेट पेपर सकिएको छैन”, एक स्थानीयले सामाजिक सञ्जालमा एक्समा लेखेका छन् । जबकी पोर्टमा भएको आन्दोलनले आपूर्तीमा कुनै पनि समस्या सृजना गरेको छैन ।
अमेरिकामा खपत हुने कुल ट्वाइलेट पेपरमध्ये ९० प्रतिशत आन्तरिक उत्पादन हो । त्यसबाहेक मेक्सिको र क्यानडामा उत्पादन भइ अमेरिका पुग्ने ट्वाइलेट पेपर पनि रेल वा ट्रकमार्फत आपूर्ती हुन्छ । त्यसैले समुन्द्री पोर्टमा भइरहेको आन्दोलनका कारण आपूर्तीमा कुनै समस्या नरहेको जनाइएको छ ।
द अमेरिकन फरेस्ट एण्ड पेपर एसोसिएसन, द ट्रेड ग्रुपको प्रतिनिधित्व गर्ने उत्पादक कम्पनीहरुले भने त्यसमा चासो व्यक्त गर्दै यसले जनमानसमा नयाँ भ्रम सिर्जना गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्