Skip to content
Prabhu

सीइडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने, वार्षिक साधारण सभा कहिले ?

nabil

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेर हकप्रद सेयर पनि जारी गर्ने भएको छ । कम्पनीले अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने जनाएको छ । उक्त बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको योजना छ ।

कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभा, कालिमाटी ब्यांक्वेट कालिमाटी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा अघिल्लो २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal