Skip to content
Prabhu

सानिमा सेक्यूरिटीजको वार्षिक साधारण सभा कात्तिक १३ गते

nabil

काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले दोश्रो वार्षिक साधारणसभा डाकेको हो ।

सभा कात्तिक १३ गते काठमाडौंको पुतलीसडकमा रहेको कम्पनीको रजिष्टार्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको रजिष्टार्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनुका साथै सोको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित हुनेछ ।

सभामा दोश्रो वार्षिक साधारणसभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वित्तीको विवरण (वासलात),आव २०८०/०८१ को नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal