Skip to content
Prabhu

सिड इनर्जीले आईपीओ निष्काशन गर्ने, कात्तिक ९ गते साधारणसभा

काठमाडौं । आईपीओ निष्काशनको मुख्य प्रस्तावसहित सिड इनर्जी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभा ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको सार्वजनिक निष्काशन (आईपीओ) लाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण र सोसँग सम्बन्धित अनुसूचिहरुमाथि छलफल गरी पारित गर्ने र सञ्चालक समितिले आव २०८०/०८१ मा गरेका निर्णयहरु तथा कार्यहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal