काठमाडौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध हवाई उडानमा ट्राफिक जाम बढेको छ । सडक यातायात सहज नभइपछि हवाई यातायातको चाप बढेको हो ।
केही दिनदेखि काठमाडौं आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा समस्या भोग्नु परि रहेको हो । काठमाडौंसहित देशका विभिन्न स्थानमा बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटनाले जनजीवन अस्तव्यस्त भएको हुँदा सडक यातायात अधिकांश बन्द भएका हुन् ।
बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड थामिनसक्नु छ ।
प्रतिक्रिया दिनुहोस्