Skip to content
Prabhu

बैंकिङ प्रणालीमा एकैदिन थपियो ८ अर्ब निक्षेप, कर्जा लगानी सुस्तै

nabil

काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज १४ गते एकै दिन बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार असोज १४ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ६५ खर्ब ७२ अर्ब निक्षेप रहेको छ । असोज १४ गते बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको केन्द्री बैंकको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार असोज १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट ५२ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यो अवधिसम्ममा वाणिज्य बैंकहरुमा ५८ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य वित्तीय संस्थाहरुमा ७ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै असाज १४ गतेसम्म वाणिज्य बैंकहरुले ४६ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यता अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ६ खर्ब १ अर्ब रुपैयाँ रहेको छ ।

असोज १४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ७८.५२ प्रतिशत र अन्तरबैंक ब्याजर ३ प्रतिशत रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal