Skip to content
Prabhu

एनसीसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा ५ लाख

nabil

काठमाडौं । नेशनल क्रिएटिभ कोएजुकेशनल स्कुल (एनसीसीएस) समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख ६ हजार ५ सय ५० रुपैयाँ प्रदान गरेको छ ।

एनसीसीएस र समूहमा आबद्ध शिक्षक तथा कर्मचारीका तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको समूहका निर्देशक सन्तोषराज मास्केले बताए ।

साथै उनले देश दैवी विपत्तिमा परेका बेला विगतमा पनि समूहले सहयोग गरेको उनले स्मरण गरे । मुलुकको शैक्षिक उन्न्नयन तथा दक्ष जनशक्ति उत्पादनमा समूहका शैक्षिक प्रतिष्ठानले सक्दो योगदान गर्दै आएको उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal