काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नविकरण गर्न बाँकि रहेका बीमितहरुका लागि विलम्ब शुल्कमा छुट सुविधा ल्याएको छ । कम्पनीले २०८१ साल असोज ९ गतेदेखि २०८१ साल कात्तिक २३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्व शुल्कमा छुट दिने भएको हो ।
कम्पनीले तीन बर्षसम्म व्यतित भएका बीमालेखकको ३० प्रतिशत, ३ बर्ष भन्दा माथि पाँच बर्षसम्म व्यतित भएका बीमालेखको २५ प्रतिशत र पाँच बर्ष भन्दा माथि व्यतित बीमालेखको २० प्रतिशत छुट दिने जानकारी गराएको छ । यो सुविधा एक पटक विलम्व शुल्कमा छुट लिएका बीमितहरुका लागि भने नरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्