Skip to content
Prabhu

लिबर्टी माइक्रो लाइफका ग्राहकलाई ब्लूबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट

nabil

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ब्लूबर्ड इन्टरनेशनल क्लिनिक बीच एक महत्वपूर्ण समझौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताको मुख्य उद्देश्य दुवै पक्षका ग्राहकहरूलाई विशेष लाभहरू उपलब्ध गराउन प्राथमिकता दिनु हो र सामाजिक उत्तरदायित्वमा सक्रिय सहभागिता जनाउनु हो ।

यस सम्झौता अनुसार, ब्लूबर्ड इन्टरनेशनल क्लिनिकले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका ग्राहकहरू, कर्मचारीहरू, एजेन्टहरू र उनीहरूका परिवारका सदस्यहरूलाई वार्षिक सम्पूर्ण शारीरिक स्वास्थ्य प्याकेज मा ५० प्रतिशत छुट प्रदान गर्नेछ । सम्झौताका थप बुँदाहरूमा, प्रत्येक महिनाको पहिलो शनिबार स्थानीय क्षेत्रलाई लक्षित गरी एक निस्शुल्क मेडिकल क्याम्प आयोजना गरिनेछ, जसमा लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकको समन्वय रहनेछ ।

विशेष छुटहरू निम्नानुसार उपलब्ध हुनेछन्

प्याथोलोजी/ल्याब परीक्षणहरूमा २०प्रतिशत

एक्स रे, ईसीजीमा २५ प्रतिशत

साना शल्यक्रियात्मक प्रक्रियामा १५ प्रतिशत

फिजियोथेरापीमा २५ प्रतिशत

यूएसजी/इको/टिएमटी/पीएफटी तथा बीएमडीमा १० प्रतिशत

दन्त चिकित्सा सेवाहरूमा २०प्रतिशत

यस समझौता पत्रको माध्यमबाट दुवै संस्थाले ग्राहकहरूको स्वास्थ्य सेवालाई अझ सुलभ र प्रभावकारी बनाउने र हरेक नागरिकलाई स्वास्थ्य तथा जीवन बीमाको महत्व बुझाउने लक्ष्य राखेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal