काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ । अघिल्लो अन्तर्वातामा छुटेका तीन जानलाई आज पुनः अन्तर्वार्ताका लागि बोलाएको भए पनि सिफारिस समितिका संयोजक बिरामी भएका कारण प्रक्रिया स्थिगित भएको हो ।
अर्थ मन्त्रालयले सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मको लागि स्थिगित गरिएको जनाएको छ । आज बिहान ८ बजेका लागि ३ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी भएका कारण प्रक्रिया रोकिएको बताइएको छ ।
यसअघि अनुपस्थित भएका उम्मेदवारहरु डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागार्ईलाई अन्तरर्वातामा बोलाइएको थियो । अन्तरर्वार्ताका लागि आफू उपस्थित भए पनि अन्तरर्वाता रोकिएको जानकारी पाएपछि आफूहरु फर्किएको बोर्डका प्रवक्ता समेत रहेका डा. नवराज अधिकारीले बताए । ‘हामी प्रशिक्षार्थी हौँ । हामी समयमा पुगेका थियौँ । ३ घण्टा बसेपछि मन्त्रालयले अन्तरवार्ता राकिएको जनाकारी दिए पछि फर्कियौँ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्