Skip to content
Prabhu

आइतबारसम्म अवरुद्ध ४ राजमार्ग खुल्ने, बीपी राजमार्ग दसैंअघि नखुल्नेः मन्त्री दाहाल

nabil

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गमा अलपत्र परेका सवारी साधनको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बताएका छन् । मन्त्री दाहालले सडक सञ्जाल विच्छेद हुँदा बीपी राजमार्गमा सयौं सवारी साधन फसेको बताए ।

सवारी साधनका चालक र सहचालक समेत अलपत्र परेको भन्दै सरकारले उनीहरूको उद्धारका लागि काम गरिरहेको बताए । उनले बीपी राजमार्ग दसैँअगाडि खुलाउन नसकिने बताए ।

उनले देशभरको विपद्मा परेका नागरिकको उद्धारमा सरकार लागिरहेको जानकारी दिए । सडक विभागले काम गरिरहेको भन्दै उनले बिदामा पनि विभागका कर्मचारीहरू विभिन्न उपकरण लिएर काम गरिरहेका जानकारी दिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले अवरुद्ध रहेका पाँच राजमार्गमध्ये अरनिको राजमार्गअन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्यपहाडी राजमार्गअन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथअन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्गअन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकाले आइतबारसम्म पूर्णरूपमा खुल्ने बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal