Skip to content

साताको सेयरः करिब साढे ४ प्रतिशत बढ्यो नेप्से, दैनिक औषत कारोबार रकम बढ्यो

nabil bank

काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत बढेर बन्द भएको छ । गत साता २४८६ दशमलव ७६ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.४५ प्रतिशत अर्थात ११० दशमलव ७३ अंक बढेर २५९७ दशमलव ४९ विन्दुमा पुगेको हो ।

यस साता चार कारोबार दिनका लागि खुलेको बजारमा दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साता सोमबार र मंगलबार नेप्से बढेको थियो भने आइतबार र बुधबार नेप्से घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ४.३० प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ४.४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७२ प्रतिशत बढेको छ ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब २२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ६.१४ प्रतिशत बढी हो । यस साता दैनिक औषत सेयर संख्या भने २.६५ प्रतिशत र दैनिक औषत कारोबार संख्या ०.२० प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३९ खर्ब ५४ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण यस साता १ खर्ब ७६ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १४.१३ प्रतिशत बढेको छ। गत साता २७६५ दशमलव २४ विन्दुमा रहेको वित्त उपसमूहको परिसूचक, यस साता ३९० दशमलव ७६ अंक बढेर ३१५६ विन्दमा पुगेको छ ।

यस साता अंकका आधारमा भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६३७ दशमलव ३४ अंक बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६३ प्रतिशत घटेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime