Skip to content

बीमा कम्पनीले बाढीपहिरोबाट भएको क्षतिको ७ अर्बभन्दा बढी भुक्तानी गर्नुपर्ने प्रारम्भिक अनुमान, साढे २ अर्बभन्दा बढीको दाबी

nabil bank

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा बाढी पहिरोबाट भएका क्षतिको ७ अर्बभन्दा बढी दाबी भुक्तानी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बाढी पहिरोबाट भएको क्षतिको क्षतिपूर्तिका लागि ७ अर्ब २८ करोड ८५ लाख १९ हजार १०२ रुपैयाँ ८३ पैसा बादी परेको हो । यो प्रारम्भिक तथ्यांक मात्रै हो ।

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १८ बीमा कम्पनीमा क्षतिको प्रारम्भिक निरीक्षण तथा सूचना अनुसार २ हजार ३३७ वटा दबी परेका छन् । प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाबमोजिम सबैभन्दा बढी दाबी पर्न सक्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले ३१९ दाबीको १ अर्ब ८१ करोड ४ लाख १२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्समा २१६ वटा दाबीको १ अर्ब १७ करोड ४१ लाख ५५ हजार ३४४ रुपैयाँ, शिखर इन्स्योरेन्समा ३२२ वटा दाबीको ४६ करोड ५८ लाख ५१ हजार ३१.८३ रुपैयाँ, नेसनल इन्स्योरेन्समा २५ वटा दाबीको २३ करोड ६६ लाख १३ हजार ४५५ रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २४८ वटा दाबीको २० करोड ६४ लाख ४० हजार रुपैयाँ र नेपाल इन्स्योरेन्समा १२८ वटा दाबीको १५ करोड २४ लाख ९६ लाख ७७२ रुपैयाँ दाबी पर्ने सक्ने प्रारम्भिक तथ्यांकले देखाएको छ ।

त्यस्तै, विपद्को यो समयमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २९१ वटा दाबीको ६३ करोड रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिएको छ । यो अवधिमा सानिमा जीआईसी इन्स्योरेन्समा ८८ वटा दाबी परेका छन् । जसबाट कम्पनीले पीडितलाई २ करोड ८६ लाख ९५ हजार रुपैयाँ भुक्तानी दिनुपर्ने देखिन्छ । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको ३ वटा दाबीको ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन सक्ने प्रारम्भिक निरीक्षणबाट देखिएको छ।

गत असोज १० गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको थियो । प्राधिकरणले केही समयपहिले मात्रै परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यथाशक्य चाँडो क्षतिको दाबी भुक्तानी दिन निर्देशन समेत दिएको थियो ।

साढे २ अर्बभन्दा बढीको दाबी

प्राधिकरणको तथ्यांक अनुसार असोज १६ गतेसम्मको अवधिमा बीमा कम्पनीहरुमा साढे २ अर्ब भन्दा बढीको दबी परेको छ । असोज १६ गतेसम्मको तथ्यांक अनुसार ७०९ वटा घटनाको २ अर्ब ६७ करोड ७२ लाख ९४ हजार ५०० रुपैयाँ दाबी परेको छ । दाबी पर्ने कम्पनीमा सबै भन्दा धेरै ओरिएन्टल इन्स्योरेन्स रहेको छ ।

प्राधिकरणका अनुसार यो कम्पनीले हालसम्म १४७ वटा दाबी परेका छन् । जसबापतको १ अर्ब ४४ करोड १० लाख ६५ हजार २५२ रुपैयाँ दाबी रकम रहेको छ । त्यसैगरी दोस्रो धेरै दाबी पर्ने कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । यो कम्पनीमा २२३ दाबीको ८९ करोड ८४ लाख २७ हजार ६७९ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ ।

एनएलजी इन्स्योरेन्स पनि ६० वटा दाबीको १२ करोड ६ लाख २० हजार ५६९ रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १२ वटा दाबीको ९ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्समा बाढीपहिरोबाट भएको क्षतिपछि १७० वटा दाबी परेका छन् । जस बापत युनाइटेड अजोड इन्स्योरेन्सले ७ करोड ४४ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सले ८३ वटा दाबीको ४ करोड १७ लाख १६ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले ७ वटा दाबीको ३३ लाख ७५ हजार रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ वटा दाबीको १ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi