काठमाडौं । इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या करिब १२ लाख पुगेको छ ।
लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन एकाइले जारी गरेको प्रतिवेदनमा उल्लेख सो संख्या उल्लेख छ । हालसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८ सय ६७ केन्द्र खोलिएको छ ।
केही मानिसहरू भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् । लेबनान हाल गरिबीमा रहेको र जनताहरू पीडित रहेको बताइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्