काठमाडौं । साताको पहिलो दिनको कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबार खुल्ने वित्तिकै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँले घटेर २ हजार ८३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । साढे ११ बजेसम्मको कारोबार जारी रहँदा समग्र बजार परिसूचक भने ९ दशमलव ०४ अंकले बढेको छ । यो अवस्थामा सेयर बजारमा ९७ करोड ७३ लाख बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्