Skip to content
Prabhu

अपि पावरको लाभांश संशोधन, साधारण सभाको मिति पनि घोषणा

nabil

काठमाडौं । अपि पावर कम्पनीले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर नयाँ लाभांश सार्वजनिक गरेको हो ।

कम्पनीले लाभांश संशोधन गरेर वार्षिक साधरण सभा र बुक क्लोजको नयाँ मिति तय गरेको छ । कम्पनीले आगामी कात्तिक ११ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कात्तिक २ गते बुकक्लोज निर्णय गरेको छ । यसअघि कम्पनीले प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगले स्वीकृत नगरेपछि कात्तिक १ गते बोलाइएको साधारण सभा स्थगित भएको थियो ।

कम्पनीको असोज १८ मा सम्पन्न संचालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस र ०.२६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । यसअघि ९ प्रतिशतका दरले बोनस र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal