काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकले वृद्धि भयो । नेप्से ५६ अंकले बढेको दिन २१९ कम्पनीको सेयर मूल्य बढेको हो । जसमध्ये एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धेरै बढ्ने शीर्ष ५ कम्पनीमा चार हाइड्रोपावर कम्पनी रहेका छन् ।
आजको कारोबार बन्द हुँदा न्यादि हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ३० रुपैयाँ ५० पैसाले बढेर ३३५ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले बढी हो ।
त्यस्तै आज धेरै कमाउने शीर्ष पाँच कम्पनीमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, इस्र्टन हाइड्रोपावर लिमिटेड, गुडविल फाइनान्स र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड रहेका छन् । आज मध्येभोटेकोशीका लगानीकर्तालो प नि प्रतिकित्ता ९.७६ प्रतिशतले कमाएका छन् । आज यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँले बढेर ३६० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज इस्र्टन हाइड्रोको सेयर मूल्य पनि ८८ रुपैयाँले बढेर ९९७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ९.६८ प्रतिशतले धेरै हो । आज गुडविल फाइनान्सको सेयर मूल्य पनि ९.२७ प्रतिशत अर्थात् ९२ रुपैयाँले बढेर १ हजार ८४ रुपैयाँ पुगेको छ । आज धेरै मूल्य बढ्ने कम्पनीको पाँचौ नम्बरमा रहेको सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य २४ रुपैयाँले बढेर ३१९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ८.१४ प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस्