Skip to content
Prabhu

विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट, यी हुन धेरै गुमाउने शीर्ष ५ कम्पनी

nabil

काठमाडौं । विन नेपाल लघुवित्तको सेयर मूल्यमा आइतबार नकारात्मक सर्किट लागेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ३१५ रुपैयाँले घटेको हो ।

आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २ हजार ८३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आजको सेयर बजारमा कुमारी सफल योजना, एनआईसी एसिया सेलेक्ट फण्ड ३०, स्वारोजगार लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्तका सेयरधनीले धेरै गुमाएका छन् । आजको कारोबार बन्द हुँदा कुमारी सफल योजनाको सेयर मूल्य ९.४३ प्रतिशत अर्थात् ०.९७ रुपैयाँले घटेर ९ रुपैयाँ ३२ पैसा पुगेको छ ।

आजको कारोबार बन्द हुँदा एनआईसि एसियाल सेलेक्ट फण्डको सेयर मूल्य ०.६१ रुपैयाँले घटेर ८ रुपैयाँ ४९ पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ६.७० प्रतिशतले कम हो । आज स्वरोजगार लघुवित्तको सेयर मूल्य पनि ६० रुपैयाँले घटेर १ हजार ३३ रुपैयाँ कायम भएको छ । यो अघिल्लो कारोबार भन्दा ५.४९ प्रतिशतले कम हो । आज उपकार लघुवित्तको सेयर मूल्य पनि ४.४१ प्रतिशत अर्थात् १५० रुपैयाँले घटेर ३ हजार २५० रुपैयाँ पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal