काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले कात्तिक १२ गते ३१ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे सुरु हुनेछ ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरिसकेको छ । सो सभाले उक्त लाभांश पारित गर्ने छ । कम्पनीले वितरण गर्न लागेको यो हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो ।
सभाले वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ। चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज २३ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्