Skip to content
Prabhu

इर्स्टन हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा इर्स्टन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको केही समयमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार खुलेको आधा घण्टाको अवधिमा यो कम्पनीको सेयर मूल्य ९९ रुपैयाँ ७० पैसाले घटेर ८९७ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।

११ बजेर ४१ मिनेटसम्मको कारोबार अविधिसम्म समग्र बजार परिसूच कभने ३६ दशमलव ९२ अंकले बढेर २६९० दशमलव ५१ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.३९ प्रतिशतले बढी हो । यो अवस्थामा सेयर बजारमा १ अर्ब ४४ करोड भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal