Skip to content
Prabhu

चार लघुवित्तद्वारा लाभांश घोषणा, कसको बोनस कति ?

nabil

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका चार वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

अहिलेसम्म लाभांश घोषणा गर्ने लघुवित्तमा गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्त वित्तीय संस्था रहेका छन् । यी चारवटा लघुवित्तले गत आवको मुनाफाबाट वितरण गर्ने लाभांशको दर घोषणा गरेका हुन् ।

गत आर्थिक वर्षको मुनाफाबाट स्वालम्बन लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै गुराँस लघुवित्तले गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी, फरवार्ड लघुवित्तले १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात लगानीकर्ताहरुले पाउने छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal