Skip to content
Prabhu

एभरेष्ट बैंकको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयरसहित ५.५३ प्रतिशत लाभांश प्रस्ताव पारित

nabil

काठमाडौं । एभरेष्ट बैंकको ३० औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको हो ।

सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सेयरधनीहरुलाई आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र ५.५३५ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

साथै, यस सभाले बैंकको संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुनः निर्बिरोध निर्वाचित गरेको छ । बैंकका अनुसार आव २०८१/८२ को लागि एन। अमात्य एंड कम्पनीलाई  लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal