काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ खर्ब १ अर्ब आन्तरिक राजस्व उठाउनुपर्ने बताएका छन्। सोमबार आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठीमा बोल्दै विभागले लिएको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका हुन् ।
‘गोष्ठीमा प्रमुख अतिथिले बोलेको विषयले ज्ञान बर्द्क हुन्छ जस्तो मलाई लग्दैन । निजि क्षेत्रका आवजलाई राम्ररी सुनिदिनु होला । आवाधिक लक्ष्य छन । ३१.६ प्रतिशात लक्ष्य राखिएको छ । लक्ष्य पूरा गर्नका लागि यो गोष्ठीले पूरा गर्नुपर्छ । यो टार्गेट पूरा गर्नका लागि समस्या के छ । सो समस्या समाधानका लागि हामी केन्द्रित हुनुपर्छ,’ उलने भने ।
उनले अहिले चुनौती थपिएका भन्दै यसका बावजुत पनि हाम्रो उदेश्य पूरा गर्नु पर्नुपर्ने बताए। ‘मैले भनेको छु यो लक्ष्य पूरा गर्नका लागि तयार रहनुपर्छ । यदि राजस्वको लक्ष्य पूरा भएन भने विभागीय प्रमुख, कार्यालय प्रमुख, मन्त्री कर्मचारी कोही पनि सुरक्षित छैनौं,’ उनले भने ।
करदातासँग मीठो बोली दिन मन्त्री पौडेलले आग्रह गरेका छन । ‘मीठो बोल्दैमा हाम्रो के जान्छ । मैले कर्मचारीले गर्ने व्यवहारका बारेमा उदाहरण लिने गरेको छु । केही सुधार भएको छ तर अझै सुधार गर्नुस । करको लिकेज कहाँ–कहाँ छ तपाईंहरुलाई थाहा छ । मेरो तर्फबाट हुने सबै समर्थन गर्न तयार छु,’ मन्त्री पौडेलले भने ।
प्रतिक्रिया दिनुहोस्