Skip to content
Prabhu

नेप्से ३७ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब बढी

nabil

काठमाडौं । सेयर बजार परिसूचक लगातार दोस्रो दिन पनि बढेको छ । अघिल्लो दिन पनि उच्च अंकले बढेको सेयर बजार परिसूचक आज पनि ३७ दशमलव १३ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २६९० दशमलव ७१ विन्दुमा पुगेको छ । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.३९ प्रतिशतले बढेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ३२ अंकले बढेर ४८३ दशमलव ७८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.५३ प्रतिशतले धेरै हो ।

आज १३ समूहको उपसूचकमध्ये २ वटाको सेयर मूल्य घटेको छ भने ११ उपसूचकको मूल्य भने बढेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि केही सुधार भएको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडमा सिमित रहेको कारोबार आज ७ अर्बभन्दा माथि पुगेको छ ।

आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७३ हजार ११९ पटक खरिद बिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा इर्स्टन हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal