Skip to content
Prabhu

सेयर बजारमा हरियाली कायम भएको दिन धेरै कमाउने शीर्ष पाँचमा ४ हाइड्रोपावर

nabil

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भयो । कारोबार रकममा पनि सुधार भएको दिन धेरै मूल्य बढ्ने कम्पनीको शीर्ष पाँचभित्र ४ वटा हाइड्रोपावर कम्पनी छन् ।

समग्रमा आज ६५ वटा हाइड्रोपावरको सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा थ्रीस्टार हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयर मूल्य आज ८८ रुपैयाँले बढेर ९७४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९३ प्रतिशतले बढी हो । त्यस्तै आज दोल्ती पावर कम्पनीको सेयर मूल्य पनि ९.६८ प्रतिशतल अर्थात् ४८ रुपैयाँले बढेर ५४४ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको सेयर मूल्य पनि ८.८० प्रतिशतले बढेर ९ रुपैयाँ २७ पैसा पुगेको छ । आज यो स्टकको सेयर मूल्य ०.७५ रुपैयाँले बढेको छ । सोमबारको कारोबार बन्द हुँदा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य २४ रुपैयाँ ६० पैसाले बढेर ३१६ रुपैयाँ ६० पैसा पुगेको छ ।

यो अघिल्लो दिनको भन्दा ८.४२ प्रतिशतले धेरै हो । त्यस्तै आज पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य २७ रुपैयाँ ७० पैसाले बढेर ३९२ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.५९ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal