Skip to content
Prabhu

सेयर बजार बढ्दा पनि इर्स्टन हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट, यी हुन धेरै घट्ने ५ कम्पनी

nabil

काठमाडौं । सोमबार सेयर बजार परिसूचक हरियाली कायम गरेर बन्द भयो । कारोबार रकममा पनि सुधार भएको दिन इर्स्टन हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।

यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९ रुपैयाँ ७० पैसाले घटेर ८९७ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा कुमारी सबल योजना, विन नेपाल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र पोखरा फाइनान्स रहेका छन् । आजको कारोबार बन्द हुँदा कुमारी सबल योजनाको सेयर मूल्य ७.४० प्रतिशत अर्थात् ०.६९ रुपैयाँले घटेर ८ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

त्यस्तै आज विन नेपाल लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १७४ रुपैयाँले घटेर २ हजार ६६१ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको भन्दा ६.१४ प्रतिशतले कम हो । सोमबारको कारोबार बन्द हुँदा जनउत्थान सामुदायीक लघुवित्तको सेयर मूल्य पनि ४.०७ प्रतिशत अर्थात् ६७ रुपैयाँ ६० पैसाले घटेर १ हजार ५९५ रुपैयाँ पुगेको छ ।

आज धेरै घट्ने कम्पनीको पाँचौँ नम्बरमा पोखरा फाइनान्सको सेयर मूल्यमा पनि २५ रुपैयाँले कमी आएको छ । आजको कारोबार बन्द हुँदा यो स्टकको सेयर मूल्य ६४० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.७६ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal