Skip to content

यस्ता छन् सरकारले खुला गरेका ५७ हिमाल

nabil bank

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

‘बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरूको आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ,’ उनले भने । सरकारले खुला गरेका हुम्लाको हिमालमा असाज्य टुप्पो, डोल्पाको ज्याङ्गचे,चानाबोलो, ध्याम्बु पिक छन् । त्यसैगरी, मुस्ताङको ज्याङगलाटुन्पु, केक्याप रि–१, केक्याप रि–२, डोल्पाको तिन्जे पिक, दोलखाको जाबोउ रि–उत्तर, रोल्वालिङग खाड्ग उत्तर रहेका छन् ।

दोलाख सोलुखुम्बुमा रहेको पामल्का, दोलाको घोडभडी, रसुवाको थाकमोर्पा उत्तर पूर्व, हुम्लाको चाङगला खाङ्ग, चाङगला खाङ्ग पश्चिम छन् । त्यस्तै, सोलुखुम्बुको यासा थाक, चुम्बु उत्तर, महालङ्गुर पिक, पाङगबुक उत्तर, रोङगशार रि–२ रहेका छन् । मुस्ताङको छुआमा–४, छुआमा पिक–१, छुआमा पिक–२, छुआमा पिक–३, चुङगेन चाङगमा, ध्युन हिमाल–२, ध्युन हिमाल–३, लुनाधार खाङ्ग, मनसयल पूर्व, मुस्ताङ हिमाल, यारसाङग खाङ्ग रहेका छन् । मुगुको चाङगदी पूर्व, काइचोनाम उत्तर पश्चिम, काइपुचोनाम पश्चिम, कान्ति सेन्ट्रल, कोगि खाङग, योलुङ्गमा खाङग रहेका छन् ।

हुम्लाका न्यालु, गोरखाका लुम्बो हिमाल, डोल्पाकोहोङगदे पश्चिम, ताप्लेजुङको नुफु, चाव पूर्व, छोचेनफु उत्तर, नाङगामरी उत्तर, नोबुक, पाबुक खाङग पूर्व, पाबुक खाङग सुदूर पूर्व, सेनुप, यान्मे खाङग दक्षिण पूर्व, पाथीभरा उत्तर पूर्व, पाथीभरा दक्षिण पूर्व, डोल्पामा पाल्चुङ्ग–१, पाल्चुङग–२, पाल्चुङग–३, टन्क्या–३, टन्क्या–४ रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime