Skip to content

१६औं आयोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा सरोकारवालासँग छलफल गर्दै योजना आयोग

nabil bank

काठमाडौं । राष्ट्रिय योजना आयोगले सोह्रौं आयोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा निजी क्षेत्र, सहकारी क्षेत्र र गैर सहकारी संस्थाको छाता संघ संस्थाका प्रमुख तथा प्रतिनिधिसँग अन्तक्रिर्या कार्यक्रम आयोजना गरेको छ । आयोगले असोज २१ गते विभिन्न संघ संस्थाका प्रतिनिधिसँग यस्तो अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।

आयोगले यस सबन्धमा असोज १३ गते आयोगका पूर्व उपाध्यक्षहरुसँग पनि छलफल गरेको थियो । सो अवसरमा आयोगका पूर्व उपाध्यक्षहरुले नीति कानुनमा भएका अस्पष्टता तथा दोहोरोपन हटाउने, विकासका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिको व्यवस्थापन र आयोजना सुशानस, पूर्वाधार क्षेत्रमा सार्वजनिक निजी साझेदारी, पुँजीगत खर्च वृद्धि, योजना लक्ष्य हासिल हुनेगरी लगानी अभिवृद्धिलगायत विषयमा जोड दिएका थिए । यसका साथै कृषि क्षेत्रको उत्पादकत्वक बढाउने र सञ्चार तथा सूचना प्रविधिको प्रयोग गरी नवप्रवर्तनमा जोड दिनु पर्ने आवश्यकत रहेको उनीहरुको भनाइ थियो ।

अन्तर्क्रियामा सहकागि निजी क्षेत्र, सहकारी तथा गैरसहकारी क्षेत्रका प्रतिनिधिहरुले योजना कार्यान्वयनमा सहकार्य र साझेदारीको प्रतिबद्धता व्यक्त गरेको थिए । उनीहरुले लगानीको वातावरण निर्माण तथा सहजीकरण, कानुनी तथा प्रक्रियागत सुधार, निजी क्षेत्रको मनोबल अभिवृद्धि, पूर्वाधार क्षेत्रमा लगानी विस्तार, आन्तरिक तथा वाह्य स्रोतको व्यवस्था, जनशक्ति विकास तथा युवाको आकांक्षाको सम्बोधन गर्नु पर्नेमा विषेश जोड दिएका थिए ।

योजनामा समावेश भएका विषयवस्तुले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक धारणा सिर्जनमा भएको उनीहरुको भनाइ थियो । उनीहरुले योजना आयोगले दिएको लक्ष्य हासिल गर्नमा निजी, सहकारी तथा गैरसहकारी क्षेत्र उत्साहका साथ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

साथै यस प्रकारको अन्तरक्रियाबाट आफ्नो मनोबल उच्च हुने तथा योजनाले लिएका लक्षित नजिता हासिल गर्नमा सहयोग पुग्ने निजी तथा सहकारी र गैरसहकारी संघसंस्थाका प्रतिनिधिहरुको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय योजना आयोगको उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime