Skip to content
Prabhu

जुकरबर्गको सम्पत्ति बढ्दो, बने विश्वकै दोस्रो धनी व्यक्ति

nabil
एजेन्सी । मेटा सीईओ मार्क जुकरबर्गको सम्पत्ति अझै बढ्दै गएको छ । ब्लूमबर्गको बिलेनियर इन्डेक्सका अनुसार जुकरबर्ग अहिले विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । जसले जेफ बेजोस र बर्नार्ड अर्नल्टलाई उछिनेका छन् । उनी अब केवल एलोन मस्क पछाडि परेका छन् ।
ब्लूमबर्गको बिलेनियरका अनुसार जुकरबर्गले सन् २०२४ मा व्यक्तिगत सम्पत्ति ७८.१ अर्ब डलरले बढाएका छन् । उनी अहिले २०६ अर्ब डलर सम्पत्तिका मालिक हुन् । २०० अर्ब डलरभन्दा बढी सम्पत्ति हुनेमा उनी बाहेक जम्मा दुई जना छन् ।
जसमा टेस्ला र एक्सका सीइओ एलन मस्क (२५६ अर्ब डलर सम्पत्ति) र जेफ बेजोस (२०५ अर्ब डलर सम्पत्ति) छन् । लक्जरी ब्रान्ड एलभिएमएचका सीईओ अर्नल्टले भने हालै २०० अर्ब डलरको क्लबबाट बाहिरिएका छन् ।
सन् २००४ मा फेसबुक स्थापना गरेका ४० वर्षे जुकरबर्गको धेरै सम्पत्ति मेटा प्लेटफर्म्सको स्टकसँग सम्बन्धित छ । मेटाको शेयर सन् २०२४ मा ७२ प्रतिशतले बढेको छ  । हाल उक्त कम्पनीको शेयर मूल्य करिब छ सय डलर छ । मेटाले लोकप्रिय सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम र थ्रेड्स, साथै इन्स्ट्यान्ट म्यासेजिङ एप व्हाट्सएप सञ्चालन गर्छ।
सेप्टेम्बर २५ मा मेटा कनेक्ट २०२४ कार्यक्रममा बोल्दै जुकरबर्गले मेटा एआई विश्वको सबैभन्दा धेरै प्रयोग हुने असिस्टेन्ट बन्ने ट्र्याकमा रहेको बताएका थिए ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal