काठमाडौं । बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–ईन’ असोज २१ गतेबाट समाप्त भएको छ । कम्पनीका संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४ लाख कित्ता र कर्मचारीहरूतर्फको १६ हजार कित्ता सेयरको ‘लक–ईन’ समाप्त भएको हो ।
कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीहरू समेत सर्वसाधारणलाई २०७८ असोज २२ गते शेयर बाँडफाँड गरिएको थियो । सर्वसाधारणमा सेयर बाँडफाँड गरिएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरूको शेयर ‘लक–ईन’ मा राख्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्