काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । गत असोज ११ गतेदेखि परेको अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो । यस्तो विषम परिस्थितिसँग सामना गर्न र पीडितको उद्धार तथा राहतका लागि सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा शाखा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्