काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद दिने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ । यो सँगै संस्थाको आगामी आवको साधारण सभाले पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्