काठमाडौं । बाढी पहिरोका कारण क्षति भएका संरचनाको क्षति पूर्तिका लागि निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब २८ करोडभन्दा बढीको दाबी पर्ने अनुमान गरेका छन् । नेपाल बीमा प्राधिकरण उपलब्ध गराएको तथ्यांकअनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरुको प्रारम्भिक तथ्यांकअनुसार ७ अर्ब २८ करोड ८५ लाख १९ हजार १०२ रुपैयाँ ८३ पैसाको दाबी पर्ने अनुमान गरेका हुन् ।
तथ्यांक अनुसार अहिलेसम्म २ अर्ब ६७ करोड ७२ लाख ९४ हजार ५०० रुपैयाँको दाबी परिसकेको छ । प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ । सम्पत्ति बीमामा मात्रै हालसम्म २ अर्ब ३१ करोड ७१ लाख ९९ हजार ८५० रुपैयाँको दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २ हजार ३ सय ३७ वटा दाबी पर्न सक्ने अनुमान गरेको देखिन्छ । यो १४ वटा निर्जीवन बीमा र ४ वटा लघुबीमा कम्पनीको परेको तथ्यांकको प्रारम्भिक विवरण हो ।
प्रदेशगत रूपमा बागमतीमा धेरै
प्रदेशगत रूपमा हेर्दा हालसम्म बाढी पहिरोबाट सबैभन्दा बढी बीमा दाबी बागमती प्रदेशबाट परेको छ । बागमती प्रदेशबाटै मात्रै कुल ६ अर्ब ९३ करोड रुपैयाँ बराबरको २ हजार ७९ वटा दाबी पर्ने अनुमान गरिएको छ । बागमतीमा २ अर्ब ५८ करोड ५८ लाख ५ हजार २४८ रुपैयाँ बराबरको५५३ वटा दाबी परिसकेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार सबै भन्दा कम कर्णाली प्रदेशबाट १ लाखको दाबी पर्ने अनुमान गरिएको र उक्त रकम बराबरको दाबी परिसकेको छ । त्यस्तै हालसम्म कोशी प्रदेशमा १५९ वटा दाबीमार्फत १ अर्ब ६९ करोड ९ लाख १ हजार २४ रुपैयाँ बीमा दाबी पर्ने अनुमान कम्पनीहरुको छ । अहिलेसम्म १ करोड ७१ लाख ६३ हजार २५२ रुपैयाँ बराबरका ११३ वटा दाबीहरु बीमा कम्पनीहरुमा परेका छन् ।
यो अवधिमा असोज ११ र १२ गतेको वर्षाले पु¥याएको क्षतिको मधेस प्रदेशबाट ५६ वटा बीमा दाबी पर्ने अनुमान गरिएको छ । जसबाट कम्पनीहरुले ७ करोड ५९ लाख ७ हजार ८०२ रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरेका छन् । अहिलेसम्म २४ वटा दाबी परेको र त्यस बापत ४ करोड १८ लाख ७६ हजार रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट २८ वटा बीमाबापत ५ करोड ७५ लाख ५० हजार रुपैयाँ दाबी पर्ने अनुमान कम्पनीहरुको छ । अहिलेसम्म त्यो प्रदेशबाट १३ वटा दाबी परिसकेको र उक्त दाबीबापत २ करोड २८ लाख ५० हजार दाबी परेको छ । गण्डकी प्रदेशबाट १४ वटा दाबीबापत ४ करोड ६९ लाख ४० हजार रुपैयाँ दाबी पर्ने अनुमान बीमा कम्पनीहरुको छ । यो प्रदेशबाट अहिलेसम्म ५ वटा दाबीबाट ९५ लाख रुपैयाँको दाबी परेको छ ।
सम्पत्ति बीमामा सबैभन्दा धेरै
प्राधिकरणका अनुसार बीमालेखको आधारमा सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ३३४ वटा दाबी परेको र सोबापत २ अर्ब ३१ करोड ७१ लाख ९९ हजार ८५० रुपैयाँको भुक्तानी गर्नु पर्ने देखिएको छ । त्यस्तै सम्पत्ती बीमामा १ हजार २५८ वटा दाबी पर्ने र ६ अर्ब ११ करोड ५१ लाख ८७ हजार ९०१ रुपैयाँको बीमा दाबी पर्ने कम्पनीहरुको अनुमान छ ।
त्यस्तै बीमा कम्पनीहरुले इन्जिनियरिङ तथा ठेकेदार जोखिममा १४९ वटा बीमा दाबी पर्ने र उक्त दाबीका लागि ७१ करोड ८९ लाख ४० हजार ५०० रुपैयाँ भुक्तानी गर्नुपर्ने अनुमान गरेका छन् । हालसम्म यसमा ६३ वटा दाबी परेको र त्यसका लागि २८ करोड ४९ लाख ५० हजार रुपैयाँ माग दाबी परेको छ ।
बाढीपहिरोबाट मोटर बीमामा पुगेको क्षतिको लागि निजी सवारीतर्फ ५४३ वटा दाबी पर्ने र त्यस बापत २७ करोड ३० लाख ६१ हजार ८०३ रुपैयाँ दाबी पर्ने कम्पनीको अनुमान छ । अहिलेसम्म निजी मोटरको बीमामा १५६ वटा बादी परेको त्यसबापत ४ करोड ५६ लाख ७ हजार ३९८ रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ ।
त्यस्तै, सार्वजनिकतर्फ १५ करोड ४५ लाख ६० हजार २९१ रुपैयाँ बराबारका २४६ वटा बीमा दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ । हालसम्म सार्वजनिक मोटर बीमाका ५४ वटा दाबी परिसकेको प्राधिकरणको तथ्यांकले देखाएको छ । जसबापत १ करोड ८५ लाख रुपैयाँको दाबी परेको छ ।
त्यस्तै, कृषि वालीमा ९६ वटा दाबी पर्ने र उक्त दाबीका लागि ४३ लाख ६७ हजार २५२ रुपैयाँ भुक्तानी गर्नु पर्ने प्रारम्भिक तथ्यांक छ भने ९५ वटा दाबी कम्पनीमा परिसकेको छ । जसबापत ३८ लाख ६७ हजार २५२ रुपैयाँको दाबी परिसकेको छ । प्राधिकरणका अनुसार पशुपन्छी बीमामा १९ वटा दाबी पर्ने अनुमान कम्पनीको छ र अहिलेसम्म ५ वटा दाबी परेका छन् । पशुपन्छी बीमामा कम्पनीहरुले ११ करोड ५ लाख ८२ हजार ९०० रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरेका छन् । अहिलेसम्म यो बीमालेखमा ३५ लाख ७० हजार रुपैयाँको दाबी परिसकेको छ ।
सामुद्रिक बीमामा १८ वटा दाबी परेको छ । जसका लागि कम्पनीहरुले ९३ लाख २३ हजार ४५५ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । तर अहिलेसम्म यस्तो बीमालेखबाट १ वटा दाबी परेको र त्यसका लागि ६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणको तथ्यांकले देखाएको छ । असोजमा आएको बाढी र पहिरोबाट विविध बीमालेखमा ८ वटा दाबीका लागि १४ लाख ९५ हजार रुपैयाँ दाबी पर्ने अनुमान गरिएको छ । अहिलेसम्म १ वटा दाबी परेको र त्यसबापत ३० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्