काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमार्फत हुने कारोबारको सिमा बढाएको छ । केन्द्रीय बैंकले दशैं तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाएको हो ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दशैंको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको छ । सामान्य अवस्थामा एक दिनमा बढीमा १० पटक मात्रै यस्तो कारोबार गर्न सकिने व्यवस्था रहेको छ ।
अहिले गरिएको संशोधन दशैंका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि लागू हुने विभागका कामु कार्यकारी निर्देशक विनोदराज आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्