काठमाडौं । विकास हाइड्रोपावरको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो साधारणसभा आज सम्पन्न भएको हो ।
कम्पनीको साधारणसभाले आम सर्वसाधारणका लागि आईपीओ जारी प्रस्ताव पारित गरेको छ । त्यस्तै कम्पनीले कम्पनीका सञ्चालकहरू, सेयर सदस्य, लेखापरीक्षक, कानुनी सल्हाकार तथा कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबै सरोकारवालालाई धन्यवाद दिएको छ ।
‘हामीसँग जोडिनु भएका सम्बन्धित पालिका, स्थानीयवासी, वित्तीय संस्था र पत्रकार साथीहरू सबैमा धन्यवादसहित आभार व्यक्त गर्दछु,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसका साथै कम्पनीले आफ्ना सम्पूर्ण शुभचिन्तकहरूमा बिजया दशमी तथा शुभदीपावलीको शुभकामनासमेत व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्